बाहिर बम पड्किरह्यो, भित्र छोरीलाई हँसाइरहे यी पिताले (भिडियो)

उक्त भिडियो द्वन्द्वग्रस्त मूलुक सिरियाको हो। जहाँ एक व्यक्ति बमको आवाजले डराएको छोरीलाई हसाउँन खोज्छन्।

१२ सेकेन्डको भिडियोमा अब्दुल्लाहले आफ्नी छोरी सेल्भालाई बम पड्किएको समयमा खुशी बनाउन खोजेको देखिन्छ।

बम पड्किरहेको समयमा अब्दुल्लाहले छोरीलाई उक्त बमको आवाज नक्कली बन्दुकको हो भनेपछि छोरी सेल्भा डराउँदिनन्।बम बेस्सरी पड्कँदा भिडियोमा सेल्भा मुस्कुराएको देख्न सकिन्छ।

अब्दुल्लाहले दोहोरिँदै पड्किने बम र बन्दुकको आवाजलाई यसरी नै व्याख्या गरी छोरीलाई खुशी बनाइरहेका छन्।

अब्दुल्लाहले सँधै छोरी खुशी बनाउन अनेक बहाना बनाइरहन्छन्। सिरियाको वास्तविकतालाई प्रतिनिधित्व गर्ने यस भिडियो यतिबेला भाइरल बनेको छ।

मानिसहरुले सिरियाको द्वन्द्व अन्त्य हुनुपर्ने प्रतिक्रिया जनाइरहेका छन्। सिरियाको युद्धमा हजारौं मानिसको मृत्यु भइसकेको छ। जसमध्ये सेल्भाजस्ता बालबालिका पनि बम र गोलबारीको शिकार बनेका छन्। एजेन्सी

पूर्वसभासद् घिमिरेको दुर्घटनामा मृत्यु

Previous article‘केपी ओलीको मान्छे हुँ’ भन्दै हिँडने वनको कम्पनीमा राजश्वको छापा
Next articleटिपरले टेम्पोलाई ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।