टिपरले टेम्पोलाई ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु

सप्तरीमा टिपरको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ।

सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिपरले टेम्पोलाई ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु हुनाका साथै ६ जना घाइते भएका छन्।

मृत्यु हुनेमा बिहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले जनाएको छ।

बोदेवरसाइन –५ स्थित जाँजरमा सम्पन्न इस्लामिक धार्मिक सम्मेलनबाट फिर्ता हुनेक्रममा टेम्पो दुर्घटना परेको थियो। दुर्घटनाका घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस 

साउदी हिडेका बालकृष्णलाई २४ घण्टा दुबईमा अल’पत्र पारेर फेरी नेपाल फर्काईयो; दो’ष कसको??

Previous articleबाहिर बम पड्किरह्यो, भित्र छोरीलाई हँसाइरहे यी पिताले (भिडियो)
Next articleवेपत्ता छानबिन आयोगका अध्यक्ष भन्छन्ः भैरवनाथ गण र खारा घटनाको अनुसन्धान हुन्छ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।