सडेको अवस्थामा महिलाको शव फेला

सप्तरी, राजविराज । सप्तरीको रुपनी गाउँपालिका ६ स्थित जुवेला खोला नजिकै एक महिलाको शव फेला परेको छ ।

मंगलबार बिहान त्यस क्षेत्रमा दुगन्ध फैलिएपछि खोज्दै जाँदा स्थानियले महिलाको शव फेला पारेका हुन् ।

सो बारे तत्कालै प्रहरीलाई खबर गरेपछि प्रहरी निरिक्षक यमराज बन्जारेको नेतृत्वमा टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।

सडेगलेको अवस्थामा फेला परेको ती महिलाको शवको सनाखत भने हुन सकेको छैन् । आसपासका बासिन्दाबाट पहिचानको प्रयास गरिएपनि सफलता मिलेको छैन्, डिएसपी तिलक भारतीले भने ।

आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव पोष्टमार्टमका लागि मंगलबारै धरानस्थित विपी कोइलारा बिज्ञान प्रतिष्ठान पठाइएको र सो बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

The post सडेको अवस्थामा महिलाको शव फेला appeared first on Rajdhani Daily News.

४ वटा प्लेनलाई रा’तभरी एअरपोर्ट खोल्न सकिदैन भन्दै १८ घन्टा मात्र खोल्ने तयारी

Previous articleविष्फोटक पदार्थसहित विप्लव कार्यकता पक्राउ, प्रहरीमाथि आक्रमण गरेपछि हवाई फायर
Next articleअझै ढिके नुनकाे भर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।