४ वटा प्लेनलाई रा’तभरी एअरपोर्ट खोल्न सकिदैन भन्दै १८ घन्टा मात्र खोल्ने तयारी

0
74

काठमाण्डाै – चैत १५ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा मात्रै सञ्चालन हुने भएको छ । अहिले २१ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल २८ मार्च अर्थात् चैत १५ गतेदेखि १८ घण्टा मात्रै सञ्चालन हुने विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले विमानस्थल बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुँदै आएको छ । अब बिहान ६ बजेदेखि रा’ति १२ बजेसम्म मात्रै विमानस्थल सञ्चालन हुनेछ । विमान र यात्रुको सङ्ख्या कम भएको, कोरोनाका कारण आम्दानीमा कमी आएको र सञ्चालन खर्च धेरै रहेकाले विमानस्थल सञ्चालनको अवधि घटा’इएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले उज्यालोलाई जानकारी दिनुभयो ।

दिउँसो विमानस्थल खाली हुने र चार वटा एअरलाइन्सको उडानका लागि बिहान तीन बजेसम्म विमानस्थल खोल्नुपर्ने अवस्थाको अन्त्य गरिएको उहाँले बताउनुभयो । २८ मार्चदेखि गृष्मकालीन उडान तालिका कार्यान्वयनमा आएसँगै विमानस्थल १८ घण्टा मात्रै सञ्चालन हुने तिवारीको भनाइ छ ।

नेपाल एअरलाइन्स, कतार एअरवेज, जजिरा एअर र एअर अरेबिया गरी चार वटा एअरलाइन्सले मात्रै १२ बजेपछि उडान गर्दै आएका छन् । अहिले कतार र एअर अरेबियाले दैनिक रूपमा तथा नेपाल एअरलाइन्स तथा जजिरा एअरले हप्तामा तीन दिन रा’ति १२ बजेपछि उडान गर्दै आएका छन् ।

नेपाल एअरलाइन्सले हप्तामा तीन दिन रा’ति १ बजेपछि जापानको नारिता उडान गर्दै आएको छ । कतार र एअर अरेबियाको उडान भने रा’ति सवा २ बजे हुँदै आएको छ ।

तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीको पालामा २०७५ सालको जेठ ७ गतेदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन हुँदै आएको छ ।

https://www.ujyaalonepalnews.com/archives/13642

Previous articleमहाकालीको पानी छेउ खनिएको ३ फिटको खा’ल्टोमा यसरी अ’स्ताईन भागरथी
Next article‘हादा कम फुलुस सदिक?’ भन्दै हात–हातमा बे’चिन्छन्, नेपाली महिला