काठमाडौं – जनतामाझ गफ मात्रै धेरै गर्ने र काम केही देखाउन नसक्ने कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्व राजा ज्ञानेन्द्र शाहले व्यंग्यात्मक दनक दिएका छन् ।
देशमा प्रजातन्त्र स्थापना भएको खुशीयालीमा हरेक वर्ष फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै भारतमा रहेका शाहले भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न राजनीतिक नेतृत्वलाई सुझाव दिएका छन् ।
पूर्व राजा शाहले सर्वहितकारी प्रजातान्त्रिक धर्म निर्वाह गर्न सरकारलाई सचेत गराएका छन् । प्रजातान्त्रिक शैली कर्म र व्यवहारमा देखिनुपर्ने भएपनि सरकार र राजनीतिक नेतृत्वले प्रजातान्त्रिक व्यवहार देखाउन नसकेको प्रष्ट पारेका छन् ।
उनले जारी गरेको सन्देशमा उल्लेख छ, ‘‘प्रजातन्त्र शब्दमा होइन, कर्ममा उत्रन सक्नुपर्छ । रुपमा होइन, सारमा झल्कनुपर्छ । हामी देश दर्शन र वैदेशिक भ्रमणमा जब जान्छौं, त्यहाँ प्रायः सुन्ने बुझ्ने गर्दछौं – नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन ।’
प्रजातन्त्र भनेको केही टाठाबाठा र केहीको आर्थिक स्वार्थका लागि मात्र नहुने भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहले सबै जनताले प्रतिफल पाउने गरी प्रजातन्त्र देखिनुपर्ने जनाएका छन् ।
भारत भ्रमणमा रहेका बेला पूर्व राजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको शुभकामना सन्देश जारी गरेका हुन् ।
यस्तो छ शुभकामना सन्देशको पूर्णपाठ



