
काठमाडौं, ६ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अतिक्रमित भएको नेपाली भूमि फिर्ता ल्याउने विषयमा दुई देशबीच निरन्तर कुटनीतिक पहल भइरहेको बताएका छन् ।
युद्धप्रसाद मिश्रको ३०औँ स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा रक्षामन्त्री पोखरेलले नेपालले भारत सरकारलाई औपचारिक पत्र पठाइसकेपछि कूटनीतिक पहलले गति लिएको बताए ।
“राज्यको तर्फबाट विगतमा कहिल्यै पनि आफ्नो भूमिको दाबी गर्ने कार्य भएन”, उनले भने, “वर्तमान सरकारले भारतद्वारा अतिक्रमित भूमिलाई आफ्नो दाबी गर्दै पत्र लेखी कूटनीतिक समाधान खोज्ने प्रयास गरेको छ ।”
उनले भूमिको अभिलेख राख्ने निकायको असावधानीका कारण समस्या उत्पन्न भएको भन्दै अहिले सबै प्रमाणसहितको अभिलेख तयार भएको जानकारी दिए ।
उपप्रधानमन्त्री पोखरेलले कालापानी क्षेत्रका विभिन्न ठाउँमा दश किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको क्याम्प खडा गर्न लागिएको जानकारी दिए ।

उनले सो क्षेत्रमा ३०/४० किलोमिटरको दूरीमा सुरक्षा पोष्ट राखिएको बताउँदै भौगोलिक असहजताका कारण एक ठाउँबाट अर्को ठाउँमा जान निकै अप्ठ्यारो पर्ने गरेको बताए ।
विभिन्न विषयमा अध्ययन गर्ने उद्देश्यले आफू केही दिनअघि सो क्षेत्रमा गए पनि अत्यधिक हिँउका कारण हेलिकप्टर ‘ल्याण्ड’ हुन नसक्दा अवलोकन नगरी फर्कनुपरेको बताए ।
मन्त्री पोखरेलले युद्धप्रसादलाई नेपालको प्रथम गणतन्त्रवादी कवि घोषणा गर्ने विषयमा आवश्यक प्रक्रिया पु¥याई विधिसंवत् ढङ्गले सरकारसमक्ष आउन प्रतिष्ठानलाई आग्रह गरे ।
The post अतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल जारी appeared first on Koshi Online.
कतार प्रहरीमा पठाउँछु भन्दै दला’लले झु’क्याउला; माग आएकै छैन
