अतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल जारी

काठमाडौं, ६ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अतिक्रमित भएको नेपाली भूमि फिर्ता ल्याउने विषयमा दुई देशबीच निरन्तर कुटनीतिक पहल भइरहेको बताएका छन् ।

युद्धप्रसाद मिश्रको ३०औँ स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा रक्षामन्त्री पोखरेलले नेपालले भारत सरकारलाई औपचारिक पत्र पठाइसकेपछि कूटनीतिक पहलले गति लिएको बताए ।

“राज्यको तर्फबाट विगतमा कहिल्यै पनि आफ्नो भूमिको दाबी गर्ने कार्य भएन”, उनले भने, “वर्तमान सरकारले भारतद्वारा अतिक्रमित भूमिलाई आफ्नो दाबी गर्दै पत्र लेखी कूटनीतिक समाधान खोज्ने प्रयास गरेको छ ।”

उनले भूमिको अभिलेख राख्ने निकायको असावधानीका कारण समस्या उत्पन्न भएको भन्दै अहिले सबै प्रमाणसहितको अभिलेख तयार भएको जानकारी दिए ।

उपप्रधानमन्त्री पोखरेलले कालापानी क्षेत्रका विभिन्न ठाउँमा दश किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको क्याम्प खडा गर्न लागिएको जानकारी दिए ।

उनले सो क्षेत्रमा ३०/४० किलोमिटरको दूरीमा सुरक्षा पोष्ट राखिएको बताउँदै भौगोलिक असहजताका कारण एक ठाउँबाट अर्को ठाउँमा जान निकै अप्ठ्यारो पर्ने गरेको बताए ।

विभिन्न विषयमा अध्ययन गर्ने उद्देश्यले आफू केही दिनअघि सो क्षेत्रमा गए पनि अत्यधिक हिँउका कारण हेलिकप्टर ‘ल्याण्ड’ हुन नसक्दा अवलोकन नगरी फर्कनुपरेको बताए ।

मन्त्री पोखरेलले युद्धप्रसादलाई नेपालको प्रथम गणतन्त्रवादी कवि घोषणा गर्ने विषयमा आवश्यक प्रक्रिया पु¥याई विधिसंवत् ढङ्गले सरकारसमक्ष आउन प्रतिष्ठानलाई आग्रह गरे ।

The post अतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल जारी appeared first on Koshi Online.

लघुवित्त पिडितहरु सरकारविरूद्ध सशक्त आन्दोलनमा उत्रने

Previous articleस्ववियू निर्वाचन स्थगित
Next articleसंसदमा थापाको भाषण स्वस्थानी शैलीमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।