काठमाडौं, ६ फागुन । १४ फागुनमा हुने भनिएको स्वतन्त्रत विद्यार्थी युनियनको चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ ।
त्रिभुवन विश्वविद्यालयले १४ फागुनलाई तोकेको थियो । विश्वविद्यालयले नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको हो ।
सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले स्ववियू चुनाव स्थगित भएको सूचना आएको जनाकारी दिए ।
विद्यार्थी संगठनहरुबीच एकमत नहुँदा स्ववियू चुनाव स्थगित भएको उनले बताए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आफूहरुसँग छलफल नगरी मिति तोकेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएको थियो ।
The post स्ववियू निर्वाचन स्थगित appeared first on Koshi Online.
04 April को सूचना: कतारमा पासपोर्ट बनाउन दिनुभएको छ? तपाईको पासपोर्ट आयो कि ??