सुवेदीलाई नेपाल मावीबाट सरुवा गर्ने रत्ननगरको निर्णय अदालतद्वारा खारेज

रत्ननगर, पौष १९- उच्च अदालत हेटौडाले नेपाल माध्यमिक विद्यालय टॉडीका प्रधानाध्यापक बुद्धिराज सुवेदीको सरुवा कानुन वमोजीम नभएको भन्दै खारेज गरिदिएको छ ।

अदालतले विहीबार सुवेदीको पक्षमा निर्णय गर्दै सुवेदीलाई नेपाल मावीमै प्रधानाध्यापकका रुपमा कार्य गर्न दिन रत्ननगर नगरपालिकालाई आदेश दिएको छ ।

नेपाल मावीमा प्रधानाध्यापक पदमा कार्यरत निवेदक बुद्धिराज सुवेदीलाइ अर्को विद्यालय मोहना मावि मा सरुवा गर्ने प्रयोजनका लागि गरिएको भदौ ६ गतेको दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापन समितिको निर्णय भदौ १३ गतेको कामकाजमा खटाइएको भन्ने रत्ननगर नगरपालिकाको शिक्षा समितिको निर्णय कानून बमोजिमको नदेखिंदा उक्त निर्णयहरु निवेदक बुद्धिराज सुवेदीका हकमा उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ आदेशमा लेखिएको छ ।

अव रत्ननगर नगरपालिकाले उच्च अदालतको आदेश मानेर सुवेदीको सरुवाको निर्णय खारेद गर्दै सुवेदीलाई नेपाल मावीमा प्रधानाध्यापकका रुपमा कार्य गर्न दिनु पर्नेछ ।

नगरपालिकालाई उच्च अदालतको निर्णय उपयुक्त नलागेमा सर्वोच्चमा निवेदन दिने विकल्प भने हुनेछ ।

Previous articleमेट्स चितवनमा न्युजिल्याण्ड र आयरल्याण्ड अध्ययन गर्न जाने बिध्यार्थी बढ्दो।
Next articleरत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा : प्रधानमन्त्रीले उद्घाटन गर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।