मेट्स चितवनमा न्युजिल्याण्ड र आयरल्याण्ड अध्ययन गर्न जाने बिध्यार्थी बढ्दो।

0
57

पौष १९, चितवन । उच्च शिक्षा अध्ययनका लागि बिदेश जान चाहने बिध्यार्थीहरुलाई लक्ष्यित गरि शहीदचोक नारायणगढ स्थित मेट्स इन्टरनेशनल एजुकेसन एण्ड भिसा सर्भिसेजले आयरल्याण्ड र न्युजिल्याण्ड थप दुई वटा देशहरुका कलेज तथा युनिभर्सिटीहरुसङ्ग सहकार्य गर्न सुरु गरे सङगै न्युजिल्याण्ड र आयरल्याण्ड अध्ययन गर्न जाने बिध्यार्थीहरुको सङ्ख्या बढन थालेको छ ।

आयरल्याण्डमा ग्राजुएट गर्न जान चाहने बिध्यार्थीहरुले प्लस टु मा कम्तिमा ६०% अङ्क ल्याएको हुनु पर्नेछ भने आइएलटिएसमा हरेक सेक्सनमा कम्तिमा ५.५ र ओभर अल ६ अङ्क प्राप्त गर्नु पर्ने हुन्छ, त्यसै गरि पिटिईमा हरेक सेक्सनमा कम्तिमा ५१ र ओभर अल ५८ अङ्क प्राप्त गरेको हुनुपर्छ ।

त्यसै गरि पोष्ट ग्राजुएट गर्न जाने बिध्यार्थीहरुले आइएलटिएसमा हरेक सेक्सनमा ६ र ओभर अल ६.५ ल्याउनु पर्नेछ भने पिटिईमा हरेक सेक्सनमा ५८ र ओभर अल ६० अङ्कसम्म ल्याए पुग्छ। न्युजिल्याण्डका लागि भने प्लस टु पास गरेका बिध्यार्थीहरुले न्युनतम २.५ जिपिए ल्याएको हुनुपर्छ भने आइएलटिएसमा ५.५ ल्याउनु पर्दछ ।

त्यसैगरि मास्टर्स अध्ययनका लागि सामान्यतया हरेक सेक्सनमा ६ र ओभर अल ६.५ अङ्क ल्याउनु पर्नेछ । साथै न्युजिल्याण्ड र आयरल्याण्डका कलेज तथा युनिभर्सिटी अनुसार फाइनान्सियल डकुमेन्ट्स भने पुरा गरेको हुनुपर्नेछ ।

पछिल्लो समयमा अष्ट्रेलियन सरकारले फाइनान्सियल डकुमेन्ट्सका लागि थप कडाइ गर्न थालेपछि बिध्यार्थीहरुमा उच्च शिक्षा अध्ययनका लागि न्युजिल्याण्ड र आयरल्याण्ड जाने रुचि बढन थालेको छ।

स्थापनाकाल देखि नै बिध्यार्थी, अभिभावकहरुको मुख्य रोजाई बन्दै आइरहेको मेट्स इन्टरनेशनल नारायणगढ शाखाले युके, अष्ट्रेलिया, क्यानडा, युएसए लगायतका मुलुकमा रहेका शैक्षिक सस्थाहरुसङ्ग सहकार्य गर्दै बिध्यार्थीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बिध्यार्थीहरुको मागलाई मध्यनजर गर्दै पछिल्लो समयमा न्युजिल्याण्ड र आयरल्याण्डमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने बिध्यार्थीहरुका सङ्ख्या तीब्ररुपमा बृद्धि भएको मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेज नारायणगढ शाखाका प्रमुख प्रकाश पौडेलले जानकारी गराउनु भयो ।

मेट्स नेपाल लगायत भारत, अष्ट्रेलिया, लाओस, फिजि, फिलिपिन्स आदि देशहरुमा पनि बिध्यार्थीहरुलाई सेवा दिदै आइरहेको छ भने नेपालका मुख्य स्थानहरु काठमाडौं, चितवन, पोखरा, बुटवल, कपिलबस्तुमा पनि आफ्ना शाखाहरु सन्चालित छन ।

Previous articleराष्ट्रिय आधारभूत विद्यालय खैरहनीका विद्यार्थिलाई न्यानो कपडा वितरण
Next articleसुवेदीलाई नेपाल मावीबाट सरुवा गर्ने रत्ननगरको निर्णय अदालतद्वारा खारेज