मुम्बई । बलिउड अभिनेत्री सारा अली खानले अमेरिकाको अन्तर्राष्ट्रिय एयरपोर्टमा भारतीयलाई जहिले पनि शंकाको दृष्टिकोणले हेर्ने गरेको बताएकी छन् । विगतमा अभिनेता शाहरुख खानलाई केही घन्टा रोकेको एयरपोर्टले आफू पनि खान भएकै कारण हरेकपटक कडा निगरानी र रोकावटमा पर्ने गरेको बताएकी छन् ।
‘मेरो पासपोर्टको फोटोमा म केही मोटी देखिएको छु । अहिले शारीरिक रूपमा फिट छु ।’ तर पनि आफूलाई पटक–पटक शंका गरेर एयरपोर्टमा रोक्ने र अनावश्यक सोधपुछ गर्ने गरेको यी अभिनेत्रीले बताएकी छन् । आफूले अन्य परिचयपत्र देखाउँदा पनि उनीहरूले दुःख दिने गरेको गुनासो यी अभिनेत्रीले पोखेकी छन् ।
हालै एक कार्यक्रमका
लागि अमेरिका
गएकी यी
अभिनेत्रीले विगतमा जस्तै यसपटक पनि
यस्तै, समस्या
झेल्नुपरेको बताएकी छन्, ‘त्यहाँका एयरपोर्टका
अधिकारी हामीलाई
विश्वास र
भरोसा गर्दैनन्
। अझ
मुस्लिमलाई हेर्ने दृष्टिकोण झनै फरक
मैले पाएकी
छु ।’
अभिनेत्री साराले आफ्नो
फिल्म लभ
आजकलको प्रचारका
क्रममा यस्तो
गुनासो पोखेकी
हुन् ।
उनको फिल्म
यही शुक्रबार
रिलिज भएको
थियो ।
सो फिल्मले
सोचेअनुसारको व्यापार गरेको छैन ।
यसअघि दुईवटा
हिट फिल्म
दिएकी साराको
यो तेस्रो
फिल्म बक्स
अफिसमा असफल
साबित भएको
छ ।
The post सारालाई अमेरिकन एयरपोर्टमा सधैं झमेला appeared first on Rajdhani Daily News.
एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपालले आज थाइल्याण्डसँग खेल्दै


