देशैभरी पश्चिमी वायुको प्रभाव, हल्का वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय वायुको प्रभावले आज (बुधबार) देशका अधिकांश स्थानमा सामान्य बदली भएको छ।

पश्चिमी वायुको प्रभावले नेपालका पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन्।

अहिले सुदूरपश्चिम क्षेत्र तथा अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ।

पछिल्ला केही दिनयता लागेको तुवाँलो पश्चिमी वायुको सक्रियतापछि हटेर जाने नगरकोटीले बताइन्। ‘शनिबारबाट तुवाँलो विस्तारै हट्दै जाने छ,’ नगरकोटीले भनिन्, ‘बिहीबार र शुक्रबार पनि देशभर सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ।’

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव नौ डिग्री र अधिकमत तापक्रम २२ दशमलव दुई डिग्री सेल्सियस छ।

झापामा कोरोनाको सङ्क्रमणबाट बच्न हात धुने अभियान

Previous article८० किलो फलामको १० फिट लामाे खुकुरी निर्माण
Next articleविभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।