Home Uncategorized विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै

विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै

७० औँ प्रजातन्त्र दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

१०४ वर्ष लामो जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा स्मरण गरिन्छ।

नेपालमा राणा शासनको अन्त्य भई वि.सं.२००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो।

७० औँ प्रजातन्त्र दिवसका अवसरमा आज देशभर विविध कार्यक्रम हुँदैछ। जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको स्मरण गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको।

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विसं १९९७ सालमा बलिदानी दिएका थिए।

प्रजातन्त्र दिवसका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह हुँदैछ।

कार्यक्रममा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ।

प्रजातन्त्र दिवसका अवसरमा देशका विभिन्न ठाउँमा प्रभातफेरि सहितका कार्यक्रम गरिएका छन्।

फ्लाईट त बन्द हुने नै भयो, श्रम स्वीकृति के होला ? यस्तो आयो जानकारी

Previous articleदेशैभरी पश्चिमी वायुको प्रभाव, हल्का वर्षाको सम्भावना
Next articleपश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।