पिठुवा सामुदायिक सिकाई केन्द्रको नवौँ साधारण सभा

0
148

उज्यालो नेपाल – रत्ननगरको पिठुवामा रहेको पिठुवा सामुदायिक सिकाई केन्द्रको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

नगरप्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सापकोटाले उद्यमशील समाज निर्माणको लागि सिकाई केन्द्रहरुको भुमिका अहम् हुने धारणा व्यक्त गरे।

सो अवसरमा सिकाई केन्द्रले सञ्चालन गरेको विभिन्न सिपमुलक तालिमका सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो।

हलुका सवारी चालक तालिम, बोटबिरुवाकाे कलमी तालिम र चुरापोते तालिमका सहभागीहरुलाई शुभकामना व्यक्त गर्दै सापकोटाले सीप सिक्ने तर व्यवहारमा नउतार्ने कार्यलाई निरुत्साहित गर्न सीप सिकेका व्यक्तिहरूले व्यवसाय सञ्चालन गर्न चाहेको खण्डमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

केन्द्रले सञ्चालन गरेको विभिन्न विधाको तालिमबाट ७२ जनाले सीप हासिल गरेका छन्।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष विजय खनालले संस्थाको आयव्ययको विवरण प्रस्तुत गरेका थिए। त्यस्तै संस्थाका अध्यक्ष नेत्र घिमिरेले वार्षिक प्रगति प्रतिवेदन र भावी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

कार्यक्रममा संस्थाका पूर्व कार्यसमितिलाई सम्मानित गरिएको थियो। त्यस्तै संस्थाको हरेक कार्यक्रममा सहयोग पुर्‍याए बापत वडा नम्बर १६ का अध्यक्ष हेमराज थापालाई सम्मानित गरिएको थियो।

संस्थाका अध्यक्ष नेत्र घिमिरेको सभापति सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर १५ का वडाध्यक्ष आशिक तमाङ, वडा नम्बर १४ १५ १६ का अन्य जनप्रतिनिधिहरु, शिक्षा शाखा प्रमुख नारायणप्रसाद वाग्ले, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष कल्पना घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम संस्थाकै कार्यालय सचिव शर्मिला लामिछानेले सञ्चालन गरेकी थिइन्।

Previous articleबकुलहर रत्ननगर अस्पतालमा निःशुल्क शव वाहन सेवा सुचारु
Next articleकालिकामा सरसफाई सम्बन्धी अन्तरक्रिया