Home Uncategorized न्यु डायमण्डको विजयी सुरुवात

न्यु डायमण्डको विजयी सुरुवात

न्यु डायमण्ड स्पोर्ट्स क्लबले चौथो संस्करणको दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

पर्वतको बेनीमा बुधबार भएको पहिलो खेलमा आयोजक रेडियो दिदीबहिनीलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले पहिलो जित निकालेको हो। एक पक्षीय खेलमा न्यु डायमण्डले आयोजकलाई २५–२, २५–३ र २५–६ ले पराजित गर्‍यो।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ५ टोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा साविक विजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब रहेका छन्। समूह ‘बी’ मा साबिक उपविजेता होङ्ग्वान्जी न्यु डायमण्ड स्पोर्टस् क्लब, नेपाल पुलिस क्लब र आयोजकको टोली छ।

प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख, तेस्रोले ५० हजार पुरस्कार पाउनेछन्। सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

कोरोनाबाट बच्न पूर्वसावधानी अपनाउनुपर्छ : सभापति देउवा

Previous articleच्याम्पियन्स लिगमा लिभरपुल र पीएसजी पराजित
Next articleसिचाइ डिभिजन कार्यालय बैतडीका प्रमुख २ लाख घुससहित पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।