कोरोनाबाट बच्न पूर्वसावधानी अपनाउनुपर्छ : सभापति देउवा

कैलाली, २१ फागुन । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस रोग नेपालमा पनि भित्रिने सम्भावना रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कोरोना रोग अत्यन्तै खतरनाक र डरलाग्दो रोग भएकाले यसको सङ्क्रमणबाट बच्न सबै दाजुभाइ तथा दिदीबहिनीलाई सचेत हुन आग्रह गरे ।

‘यस रोगको पूर्वसावधानीका लागि भरसक हात नमिलाउने, नमस्कार गर्नेलगायतका गतिविधि गर्न आवश्यक छ,’ उनले भने ।

सञ्चारकर्मीबाट एमसीसी विषयमा सोधिएको प्रश्नको जवाफमा उनले अमेरिकाबाट यति ठूलो सहयोग अहिलेसम्म नआएकाले नेपालको हित हुने एमसीसीजस्ता विषय पारित हुनुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, ‘यसमा विरोध गरिनु हुँदैन ।’

सभापति देउवाले बजेटका नाममा देशमा भ्रष्टाचार मौलाएको आरोप लगाए । रासस

The post कोरोनाबाट बच्न पूर्वसावधानी अपनाउनुपर्छ : सभापति देउवा appeared first on Koshi Online.

दुताबासका कर्मचारीलाई कोरोना लागेपछि रियादमा रहेको दुताबासले निकाल्यो यस्तो सुचना

Previous articleअर्थमन्त्रीमा खतिवडा पुनः नियुक्त, आजै सपथ
Next articleएसीसी इस्टर्न रिजन टी २०मा थाइल्याण्ड विरुद्ध नेपालको पहिलो जीत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।