कोरोनाका कारण जापानी पानीजहाजमा फसेका यात्रुलाई निकाल्न थालियो

दुईहप्ता अगाडि कोरोनाबाट संक्रमित भेटिएको समयमा उक्त पानीजहाजमा ३७ सय यात्रु थिए।

भाइरस फैलने त्रासपछि जापानले उक्त जहाजबाट कसैलाई तल झर्न नदिइ पानीजहाजलाई नै क्वारेन्टाइन बनाएर उपचार थालेको थियो।

हालसम्म ५ सय जना उक्त जहाजमा कोरोनाबाट संक्रमित छन्। भाइरस संक्रमणको लक्षण नदेखिएकालाई बुधबारदेखि पानीजहाजबाट निकाल्न थालिएको बीबीसीले जनाएको छ।

तर कोरोनाबाट संक्रमितको भने त्यहीँ उपचार हुनेछ। १४ दिनको क्वारेन्टाइन अवधि समाप्त भएपछि योकोहामा जापानका एक व्यक्तिलाई घर फिर्ता पठाइसकिएको छ।

अमेरिका, हङकङले आफ्ना देशका नागरिक जो उक्त जहाजमा फसेका थिए उनीहरुलाई उद्धार गरिसकेको छ। अन्य देशले पनि उद्धारको पहल कदमी चालेका छन्।

बुधबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर ७५ हजार १९६ कोरोनाबाट संक्रमित छन्। २ हजार १० को मृत्यु भइसक्दा १४ हजार ४५१ जना उपचारपछि स्वस्थ बनेका छन्।

चीनमा मात्र ७४ हजार १८५ जना संक्रमित छन्। त्यहाँ २ हजार ४ को मृत्यु भएको छ।

ग्याल्पो ल्होसार : नयाँ वर्ष मनाउन उर्लिए शेर्पा समुदाय (फोटोफिचर)

Previous articleघर अगाडि पार्किङ गरेर राखेको गाडिमाथि आगजनी
Next articleअस्ट्रेलियामा उडिरहेको दुई विमान ठोक्किँदा चारजनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।