चितवन । चितवनको भरतपुर स्थित माछापुच्छ्रे चोकमा यात्रुबसको ठक्करबाट आज साँझ एक बालकको मृत्यु भएको छ । भरतपुरबाट माडी तर्फ जादै गरेको ना ४ ख ५८१५ नम्बरको बसको ठक्करबाट सात वर्षका आयुष पौडेलको ज्यान गएको हो ।
बालकलाई ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । दुर्घटना पश्चात आफन्त र स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै सडक अवरुद्ध गरेका छन् ।
चारदिन सम्म चितवन प्रहरीले किन लिन मानेन जाहेरी?




