अर्किड स्कुलका विद्यार्थीहरूले गरे असहाय केन्द्रलाई सहयोग

भरतपुर २१ फागुन, अर्किड स्कुल भरतपुर -१० का विद्यार्थीहरूले चितवन मानवसेवा आश्रम भरतपुर र मन्जुश्री असहाय संरक्षण केन्द्र भरतपुरलाइ सहयोग प्रदान गरेका छन्।

विद्यार्थीहरूले यहि फागुन ४ गते परेको विद्यालयको १३ औ वार्षिकोत्सवमा संचालित फुड्स्टलबाट जुटाएको रकमले सो  संस्थाहरूलाइ आर्थिक सहयोग गरेका हुन ।

कार्यक्रम संयोजक शिक्षिका संगीता ढकालका अनुसार विद्यालयले आफ्नो आदर्श अन्तर्गत राखेका; स्नेह, सत्कार,सहकार्य, सहयोग र सक्रियताको निरन्तर अभ्यासको क्रममा विद्यार्थीहरूलाइ सामाजिक परिचालन गर्ने र सु -सुचित गर्ने अभिप्रायले सहयोगात्मक कार्यक्रममा सहभागी गराइएको हो।

चितवन मानव सेवा आश्रमको तर्फबाट देवि आचार्यले अर्किडको विद्यार्थीहरूको सहयोगी मन प्रशंसायोग्य रहेको बताईन् । त्यसैगरि मन्जुश्री असहाय संरक्षण केन्द्रकी संस्थापक मन्जु खांडले कलिला बालबालिकाको आफ्नो उमेर सरह का अन्य असहाय बालबालिका प्रती गरिएको सहयोगले आफुलाइ हौसला मिलेको बताईन् ।

चारदिन सम्म चितवन प्रहरीले किन लिन मानेन जाहेरी?

Previous articleचितवनमा बसको ठक्करबाट एक बालकको मृत्यु
Next articleबैरियाकाे शिवालय मन्दिरमा भाेलीदेखि शिवमहापुराण ज्ञान महायज्ञ हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।