त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाली टोली आइतबार (आज) घरेलु टोली हङकङसँग खेल्ने भएको छ। यो खेल नेपाली समय बिहान ११: १५ मा मोकं कोकमा सुरु हुदैछ।
आजबाट नेपाल, पपुवा न्युगिनी र हङकङबीच पूर्व निर्धारित त्रिकोणात्मक टी–२० आई सिरिज हुन लागेको हो। तर, नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी जस्ता संभावनायुक्त खेलाडी समावेश छैनन्।
शनिबारको एक मात्र फ्रेन्डसिप खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो। यो खेलमा हङकङले पहिला ब्याटिङ गर्दै नेपालको कमजोर बलिङको खुबै फाइदा उठाएका थियो।
हङकङले कमजोरहरुको फाइदा उठाएर आक्रामण ब्याटिङ गर्दै २१२ रन बनाएको थियो।



