मुग्लिनमा ट्रक र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

चितवन, चैत्र ०४-
चितनवमा भारतीय नम्बर प्लेटको ट्रकमा मोटरसाइकल ठोक्किदाँ एक जना घाइते भएका छन् ।

मुग्लिन बजारको एक होटलबाट खाना खाई निस्कदै गरेको जेएच ०५ डिके २८२९ नम्बरको भारतीय ट्रकमा नारायणगढ तर्फबाट कुरिनटार तर्फ जाँदै गरेको ग१३प ४१६६ नम्बरको मोटरसाइकल आज आईतबार साँझ एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक गम्भिर घाइते भएका हुन् ।

घाइते हुनेमा ईच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजार स्थित पन्ना ग्यारेजमा काम गर्ने १८ बर्षका आकास कुसहवा रहेका छन् । अहिले उनको उपचारका लागि भरतपुर तर्फ ल्याईएको चितवन प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल, ट्रक र ट्रक चालक भारत बिहार स्थियी बसोबास रहेका २८ बर्षिय अमरेन्द्र यादव इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्णमा रहेको छन् ।

Previous articleभरतपुरमा सोमबार एक्सपर्ट एजुकेशन कन्क्लेभ हुँदै, सहभागि हुनेलाई उपहारै उपहार
Next articleकुन तरकारी तथा फलफूलको मूल्य कति?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।