एक्सपर्ट एजुकेशन कन्क्लेभमा विद्यार्थीको भिड, डिआरएससंग फोटो खिच्न तछाडमछाड

Click Image

चितवन । उच्चशिक्षा अध्ययनका विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी भरतपुरमा सोमबार आयोजित ‘एक्सपर्ट एजुकेशनकन्क्लेभ–२०२४’ माविद्यार्थीको भीड लागेको छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा भरतपुर–१०,स्थित बेस क्याम्पमा आयोजित एक्सपर्ट एजुकेशन कन्क्लेभमा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो ।

विहान१० बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको कन्क्लेभमा विद्यार्थी तथा अभिभावकको भीड लागेको थियो । कन्क्लेभमा अष्ट्रेलिया, युके, न्यूजील्याण्ड र आयरल्याण्डका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुबाट विद्यार्थीहरुले प्रत्यक्ष रुपमा परामर्श लिएको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए।

‘कन्क्लेभमा विद्यार्थीहरुको सहभागिताले हामी निकै उत्साहित छौं, सहभागि सबै विद्यार्थी तथा अभिभावकहरुमा धन्यवाद प्रकट गर्दछु’–प्रबन्धनिर्देशक अधिकारीले भने ।

पछिल्लो समयविद्यार्थीको रोजाइँ अष्ट्रेलिया, क्यानडा, युकेसंगै न्यूजील्याण्ड, युएसए र आयरल्याण्डतर्फ पनि बढ्दै गइरहेको छ ।

चितवनमा पहिलोपटक आयरल्याण्डका कलेज तथा विश्वविद्यालय बाट पनि परामर्श लिन पाउँदा विद्यार्थीहरु खुशी देखिएका थिए ।

कन्क्लेभमा सहभागि हुनेले विभिन्न उपहारहरु समेत पाएका थिए । लक्की ड्र मार्फत सहभागिहरुले खेलाडीहरुको हस्ताक्षर सहितको डिआरएसको जर्सी, मौलाकाली केबल, स्केटिङ, नारायणीमा बोटिङलगायतका उपहार पाउँदा दंग परेका थिए ।

सोही कार्यक्रममा पब्जी खेलका लागि युवा पुस्ता माझ निकै नै लोकप्रिय गेमिङ टिम डिआरएसका खेलाडीहरुको समेत उपस्थितिले विद्यार्थीहरुमा उत्साह बढाएको थियो ।

डिआरएसको खेलाडीसंग अन्तरक्रियातथाफोटो खिचाउँनपाउँदाभरतपुर–१६ का सुदिपथापा मगर दंग परे । ‘टिभी तथा युट्युवमा धेरैजसो देख्ने खेलाडीलाई आफ्नै आँखा अगाडि देख्न पाउँदा धेरै नै खुशीलाग्यो, यो अवसर जुटाई दिने एक्सपर्ट चितवनलाई हृदयदेखि नै धन्यवाददिन चाहन्छु’–कन्क्लेभमा सहभागियुवा सुदिपले भने ।

नारायणगढका रुद्राक्ष जोशी पनि डिआरएसका खेलाडीहरुको जर्सी हस्ताक्षर सहित पाउँदाखुशी प्रकट गरे । ‘एक्सपर्टलाई मेरो स्पेशलथ्याङक्स, खेलाडीहरुको हस्ताक्षरसहितको जर्शी पाए त्यसैमा धेरै खुशी छु’–जोशीले भने ।

डिआरएसका अप्रेशनप्रमुख संगीन भट्टराईले विद्यार्थीहरुको सवालको जवाफ दिएका थिए । कार्यक्रमको अन्तिममा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुलाइ एक्सपर्ट चितवनका प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले धार्मिक ग्रन्थ ‘भगवतगीता’ उपहार प्रदान गरेका थिए ।

अष्ट्रेलियाको सिड्नीमा मुख्यकार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्चशिक्षा अध्ययनका लागि विदेश जानचाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत संचालनगर्दै आइरहेको छ ।

Previous articleनर्स हत्या प्रकरण : प्रेममा खटपट भएपछि मलेसियाबाट आएर प्रेमिकाको हत्या
Next articleचितवन क्रिकेट संघ र देव हस्पिटलबीच एक वर्षको सम्झौता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।