नर्स हत्या प्रकरण : प्रेममा खटपट भएपछि मलेसियाबाट आएर प्रेमिकाको हत्या

Click Image

सुन्दरहरैचा । विराटनगरको नोबल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या भएको तीन दिनपछि उनका प्रेमीको शव फेला परेको छ । गत शुक्रबार मृत फेला परेकी स्टाफ नर्सको हत्यामा संलग्न रहेको आशङ्का गरेका प्रेमी २२ वर्षीय शिवशंकर दास पनि मृत अवस्थामा भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

चन्द्रिका कुमारीको प्रेमी रहेको भनिएका शिवशंकर चन्द्रिका कुमारीको हत्या भएको तीन दिनपछि मृत भेटिएका हुन् । शिवशंकरले आत्महत्या गरेको होटल नर्स चन्द्रिका कुमारीको हत्या भएको कोठादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा रहेको एसपी नवराज कार्कीले बताए।

‘हत्यामा संलग्नको पहिचान भएपछि खोजी कार्यलाई हामीले तिव्र बनाएका थियौँ,’एसपी कार्कीले भने, हामीले प्राविधिक रुपमा पनि अनुसन्धान गर्दै आएका थियौँ सोही क्रममा आइतबार दिउँसो विराटनगरको कन्चनबारीतिर शिवंकरले प्रयोग गर्ने फोनको लोकेसन देखाएको र खोज्दै जाँदा उनी पनि होटलको कोठामा मृत अवस्थामा भेटियो।’

शिवशंकर र चन्द्रिका कुमारीको चार वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । चन्द्रिका कुमारीको सिएमए सिरहाका अमिन धानुकसँग प्रेम सम्बन्ध बसेको थाहा पाएपछि उनी २७ फागुनमा मलेसियाबाट काठमाण्डौं आएको र २९ फागुनमा विराटनगर आएको देखिएको प्रहरीले जनाएको छ।

उनीहरु बीच प्रेममा खटपट भएपछि प्रेमिकाको हत्यापछि आफूले पनि आत्माहत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ। सिराहाको फुल्काहकट्टी घर भएकी दास विराटनगर–४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको थियो ।

दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेर हत्या गरीएको आंशका गरीएको थियो । उनको हत्यापछि शव छाडेर संलग्न व्यक्ति फरार भएको र संलग्न व्यक्तिको खोजी जारी रहेको प्रहरीले बताउँदै आएको थियो ।

Previous articleशहीद स्मृतिमा प्राथमिक उपचार सहितको स्वावियू भवन निर्माण गरिने
Next articleएक्सपर्ट एजुकेशन कन्क्लेभमा विद्यार्थीको भिड, डिआरएससंग फोटो खिच्न तछाडमछाड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।