
काठमाडौँ, ७ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा विशेष कार्य योजनासहितको ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ । पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एवं दर्शनार्थीको सवारी आवागमनलाई सरल, सहज तथा व्यवस्थित बनाउनका लागि योजनाबद्ध ट्राफिक व्यवस्थापन मिलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै पशुपति […]


