जनतासंग एमाले अभियान : रत्ननगर पन्ध्रमा ४१२ जनाको स्वास्थ्य परीक्षण

0
138

रत्ननगर । रत्ननगर वडा नं १५ मा मंगलबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ४१२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

जनतासंग एमाले अभियान अन्तर्गत नेकपा एमाले वडा कमिटी र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नगर कमिटीले सयुक्त रुपमा आयोजना गरको शिविरमा दाँत तर्फ ३१ जना सहित ४१२ जनाको स्वास्थ्य परीक्षण गरी औषधि समेत वितरण गरिएको पार्टीका नेता तथा वडाध्यक्ष आशिक तामाङले जानकारी दिए ।

जनतासंग एमाले अभियान सञ्चालन भइरहेका बेला नागरिकको स्वास्थ्य सुरक्षाप्रति सचेत हुँदै शिविर आयोजना गरिएको उनले बताए ।

शिविरको एमालेकी केन्द्रीय सदस्य शिबकुमारी गोतामेले उद्घाटन गरेकी थिइन् । शिविरमा डा.शशांक सिंह सहितका डाक्टरहरुको टोलीले स्वास्थ्य जाँच गरेका थिए ।

उद्घाटन कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी उपाध्यक्ष तथा पूर्वमन्त्री दावादोर्जे लामा, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, प्रदेश कमिटी सदस्य तथा संस्थापक मेयर नारायण वन, नगर कमिटी अध्यक्ष इश्वरीप्रसाद अर्याल, नेता तिलचन्द्र भट्टराई, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नगर कमिटी प्रमात्मा रेग्मी लगायतले मन्तव्य राखेका थिए ।

वडा कमिटी अध्यक्ष कृष्ण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भोजराज लामिछानेले स्वागत मन्तव्य राखेका थिए ।

Previous articleभारतको नैनीतालमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु
Next articleचितवनको वायुमण्डलमा धुँवा : हानिकारक बन्याे वातावरण