चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

चितवन-चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैडाको आक्रमणबाट मृत्यु भएको छ ।

शनिवार बिहान ११ः५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन गएका गोरखा आरुघाट गाउँपालिका ८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका ६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीलाई गैडाले आक्रमण गरेको थियो ।

आक्रमणबाट गम्भिर घाइते रेग्मीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

रेग्मी सौराहाको जंगल वर्ल्ड रिसोर्टमा नेचर गाइडको काम गर्दै आएका थिए।

Previous articleचितवनमा भोली देखि वन्यजन्तु सप्ताह सुरु हुँदै
Next articlePobierz Vavadę i graj w swoje ulubione kasyna online
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।