रत्ननगरमा एक महिलाको हत्या, खाटमै हात–खुट्टा बाँधिएको अवस्थामा शव फेला

चितवनको रत्ननगरमा एक महिलाको विभत्स हत्या भएको छ !! रत्ननगरको वडा नं. ४ मा स्थानीय अन्दाजी ६८ वर्षीया सुकमाया देवी तामाङ आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् ।

आज पौष २६ गते शनिबार बिहान पौने ११ बजेसम्म पनि तामाङ घरबाहिर ननिस्किएपछि छिमेकीहरूले शंका लागेर गई हेर्दा ढोका फुटाईएको अवस्थामा उनलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए !! प्रहरी घटनास्थलमा पुग्दा उनलाई सुतिरहेकै खाटमा हात र खुट्टा बाँधिएको अवस्थामा मृत फेला पारिएको हो । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालका अनुसार प्रहरीले घटनाको मुचुल्का तयार गरि मृतकको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाएको छ।

प्रवक्ता खनालले घटनाबारे थप अनुसन्धान भइरहेको र अपराधीको खोजी कार्य तीव्र पारिएको जानकारी दिनुभयो ।

Previous articleIs the Golden Panda Casino Mobile Platform Worth Downloading?
Next articleProven Strategies and Tips for New Players at Prive Casino Site
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।