दिदीबहिनी कपको उपाधिका लागि एपीएफ र पुलिस भिड्ने

दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन एपीएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।

रेडियो दिदीबहिनीको आयोजनामा पर्वतको कुश्मामा बिहीबार भएकोे सेमिफाइनलमा विभागीय डर्बीमा पुलिस क्लबले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफसँगको भेट पक्का गरेको हो। पुलिसले आर्मीलाई २५–१९, २५–२३ र २६–२४ ले हराउँदै उपाधि नजिक पुगेको हो। उपाधि भिडन्त शुक्रबार हुनेछ।

आजै भएको पहिलो सेमिफाइनलमा एपीएफले न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो। मुख्य स्पाइकर प्रतिभा मालीबिनै कोर्ट उत्रेको डायमण्डमाथि हाबी बनेको एपीएफले २५–९, २५–१५ र २५–१८ को एकपक्षीय जित निकाल्यो। आरबीबी एनभीए महिला भलिबलका क्रममा घुडाँमा चोट बोकेपछि प्रतिभा करिब नौ महिना कोर्ट बाहिर हुनेछिन्। तेस्रो स्थानमा लागि आर्मी र न्यु डायमण्ड भिड्नेछन्।

प्रतियोगिताको उपाधि विजेताले २ तथा उपविजेताले १ लाख रुपैयाँ पाउनेछन्। तेस्रो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन्। सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

आन्तरिक तथा बाह्य पर्यटकको बैशाखी हुन् मुस्ताङका ‘इन्द्रसिंह शेरचन’

Previous articleभारतले अमेरिकी रोमियो हेलिकप्टर खरिद गर्ने
Next articleविवाद भएपछि विपक्षीको यौनांग टोकिदिने फुटबलरलाई पाँचवर्ष प्रतिबन्ध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।