काठमाडौं । आज २०८१ वैशाख २५ गते, मे ७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ बढेको छ भने हङकङ डलर स्थिर रहेको छ ।
आज अमेरिकी डलर १ को खरिद दर १३३.२९ रुपियाँ र बिक्री दर १३३.८९ रुपियाँ तोकिएको छ । जुन हिजो खरिद १३३.१८ रुपियाँ र बिक्री १३३.७८ रुपियाँ थियो ।
त्यसैगरी अघिल्लो दिन हङकङ डलर १ को खरिद मूल्य १७.०५ रुपियाँ र बिक्री मूल्य १७.१३ रुपियाँ रहेकामा आज पनि सोही दर कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।




