गौतमबुद्ध क्रिकेट रंगशालालाई सन्दीपले दिए ७० हजार

लेग स्पिनर सन्दीप लामिछानेले चितवनमा धुर्मुस सुन्तली फाउन्डेशनद्धारा निमार्णाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमका लागि सहयोग रकम हस्तान्तरण गरेका छन्।

सन्दीप र उनका एजेन्ट तल्हा इसामले १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ प्रदान गरेका हुन्। शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी सन्दिपले आफूले घोषणा गरेको रकम धुर्मुस-सुन्तलीलाई हस्तान्तरण गरे।

सन्दीपले अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलाका क्रममा आफूले लिने विकेट बराबर ८ हजार ८ सय ४८ रूपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए।

सन्दीपले अमेरिकासँगको पहिलो खेलमा २ र दोस्रो खेलमा ६ विकेटसहित लिएको ८ विकेट बराबरको रकम प्रदान गरेका हुन्।

सन्दिपले आफ्नोतर्फबाट ७० हजार ७ सय ४ रुपैँया दिएका छन् भने उनका एजेन्ट तल्हा इसामले पनि त्यती नै रकम थप्दै सहयोग गरेका हुन्।

सेनाभित्रको अनियमितता छलफल : रक्षामन्त्री र सेनापति नै अनुपस्थित

Previous articleडेम्बेले र स्वारेज घाइते भएपछि बार्साले भित्र्यायो नयाँ फरवार्ड
Next articleमेरो बारेमा प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिएँ : सञ्चारमन्त्री बाँस्कोटा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।