काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको जिम्मा अर्थमन्त्री युवराज खतिवडाले पाएका छन् ।
मन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत गर्दै खतिवडालाई मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरेकी हुन् ।
यस्तै उनले सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने गरी तोकेकी छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग कमिसनका लागि गरेको कुराकानीको अडियो सार्वजनिक भएपछि बास्कोटाले आज नै प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाएका हुन् ।
बास्कोटाले नै सम्हालेको शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङलाई थपिएको छ ।
The post बास्कोटाको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालय डा. खतिवडाले हेर्ने appeared first on Koshi Online.


