प्रचण्डकी नातिनीको गीतमा कार्टुन क्रुको डान्स (भिडियोसहित)

0
40

काठमाडौं । गायिका स्मिता दाहाल र गायक सरोज ओलीको स्वरमा रहेको नयाँ गीत ‘कमेरोले पोतेको दुई तलाको घर’ सार्वजनिक भएको छ । गज्जबको टिभी युट्युबमार्फत बुधबार सार्वजनिक गीतमा स्वर दिने स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी हुन् ।

गीतलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेका छन् । गीतमा कार्टुन क्रुका कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्मा तथा चर्चित युट्युबर जिवेश गुरुङको अभियन रहेको छ । थपलियाको शब्द रहेको यसअघिको ‘माछीले खाने खोली लेउ’ गीत पनि चर्चित छ । जसमा कार्टुन क्रुकै अभिनय रहेको थियो ।

गायिका स्मिता दाहाल

‘कमेरोले पोतेको दुई तलाको घर’ गीतमा दिपक शर्माको संगीत रहेको छ । एरेन्जमा उदयराज पौडेल, मिक्सिङ श्याम स्वोयत रसाइलीको रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको गीतको सम्पादन अमन मानन्धरले गरेका हुन् । रंग संयोजक रेनिश फागो र कोरियोग्राफर विक्रम सुनार रहेको गीतलाई गायक सरोज ओलीले निर्देशन गरेका छन् । शुटिङ कोर्डिनेटर बालकृष्ण ओली रहेको गीतलाई शुभ मिडिया होमले निर्माण गरेको हो ।

गीतको भिडियोको शुटिङ झापाको धुलावारी, मागुरमाडीमा परम्परागत घरहरु निर्माण गरि अत्याधुनिक प्रविधि प्रयोगसहित गरिएको निर्देशक ओलीले जानकारी दिए ।

The post प्रचण्डकी नातिनीको गीतमा कार्टुन क्रुको डान्स (भिडियोसहित) appeared first on Rajdhani Daily News.

पानीपुरीको पानीमा यसरी मिसाईयो पिसाब, जगमा पिसाब फेरेर यस्तो गरे

Previous articleआफ्ना छोराछोरीलाई शिक्षा दिएर जिम्मेवार बनाउनुहोस् : नेता नेपाल
Next articleशिवरात्रिमा यसरी मिलाइएको छ गौशाला क्षेत्रमा ट्राफिक व्यवस्थापन