काठमाडौं– कुवेतमा चार जना नेपालीको ज्यान गएको छ। अल मुत्ला क्षेत्रमा रहेको चिनियाँ कम्पनीमा कार्यरत चार जना नेपालीको पुरिएर मृत्यु भएको हो । निर्माणस्थलमा काम गर्ने क्रममा माथिबाट बालुवा खसेर उनीहरुको मृत्यु भएको जनाइएको छ ।
अन्य ३ जना कामदार हराएको र खोजी भइरहेको जनाइएको छ । मृत्यु हुनेको नाम भने नखुलाइएको जनाइएको छ । ढुंगा फुटाल्ने क्रममा ढुंगा र बालुवा माथिबाट खसेको जनाइएको छ ।
हामी जाँदा भिडभाड बढ्छ ऊद्धारमा बाधा पर्छ भनेर पोखरा नजाने भयौँ : गृहमन्त्री लामिछाने