शिवरात्रिमा यसरी मिलाइएको छ गौशाला क्षेत्रमा ट्राफिक व्यवस्थापन

0
69

महाशिवरात्रि पर्वका अवसरमा पशुपति-गौशाला क्षेत्रमा ट्राफिक व्यवस्थापनको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष कार्ययोजना लागू गरेको छ।

शुक्रबार पशुपतिनाथको दर्शनका लागि आउने भक्तजन एवं दर्शनार्थीको सुविधाको लागि विशेष कार्ययोजना लागू गरिएको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

सवारी आवागमनलाई सरल र व्यवस्थित बनाउनका लागि पशुपति क्षेत्रमा पार्किङ र सवारी आवागमनमा हेरफेर गरिएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल हुँदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, दुईपांग्रे र साना सवारीसाधनको लागि तिलगंगा र वाइसिएल मार्ग, नक्साल–कालो पुल हुँदै आउने सवारीलाई सिफलचौर र अमलकोट, पशुपति विकास कोष र संस्थानका सवारी साधनलाई देव उद्यानस्थित कोषको कार्यालयमा पार्किङ गर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी पासबाहक गाडी, सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय प्रहरी वृत्त, गौशाला तथा वाग्मती कोरिडोर, जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीसाधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ।

शुक्रबार गौशाला क्षेत्रमा पाँचसय भन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ। गौशाला क्षेत्र भई चल्ने सवारी साधनलाई केही समयको लागि वैकल्पिक सडकको प्रयोग गर्न डाइभर्सन गरी आवागमनको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ।

त्यस्तै तिलगंगा, गौशाला, मित्रपार्क र चावहिल भई मालबाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। त्यसैगरी तिनकुने, सिनामंगल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँ बानेश्वरलगायतका स्थानबाट गौशाला क्षेत्र प्रवेशमा सवारी साधन प्रवेशमा रोक लगाईको छ।

ती रुट भएर चल्ने सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न महाशाखाले आग्रह गरेको छ।

औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग

Previous articleदेशैभर वर्षाको सम्भावना, चट्याङबाट बच्न माैसमविद्काे सुझाव
Next articleभर्तृहरिको तपोभूमि सिद्धबाबा मन्दिरमा दर्शनार्थीहरुको भीड