काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको अडियो रेकर्ड गरेका विजयप्रकाश मिश्रलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले बिहीबार नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेखेर यस्तो निर्देशन दिएको हो ।
लेखा समितिका सदस्यहरूको चरित्र हत्या गरेको भन्दै समितिले कारबाही गर्न पत्राचार गरेको हो । ‘ फेसबुकमा जथाभावी लेखेको भन्दै समितिले प्रभात किशोर उपाध्यायलाई पनि कारबाहीको माग गरेका छन् । उनले समितिका सदस्यहरूकोे तस्वीर राखेर ‘४ अर्ब खाएर जर्मन कम्पनीलाई ठेक्का दिन लागेको’ स्टाटस लेखेका थिए ।


