मुगुमा पाँचौ पटक हिमपात, जनजीवन कष्टकर

0
41

मुग । माघमा पटकपटक हिमपातले आक्रान्त भएको मुगुमा फागुनमा पुन शुक्रबार बिहानैदेखि हिमपात हुँदा चिसोले जनजीवन कष्टकर बन्दै गएको छ ।

मुगुको सदरमुकाम गमगढीमा शुक्रबार बिहानैदेखि दिउसोसम्म हिउँ लगातार परेपनि जम्न सकेकोे छैन भने, जिल्लाको उच्च हिमाली क्षेत्रमा एक फीट हिउँ जमेको छ । साथै जिल्लाको माथिल्लो क्षेत्र मुगुम कार्मारोङ्ग गाउँपालिकाका वस्तीहरु दोल्फु, मुगु, ताखा, खारी, पुअ, रिउसलगायत छायानाथ क्षेत्रमा १ फिट भन्दा बढी हिउँ जमेको बताइएको छ ।

त्यस्तै गरेर सदरमुकाम गमगढीको छायानाथ रारा नगरपालिकाका बस्तीहरु श्रीनगर, कार्की वाडा, रोवा, पिना, ताल्च, तुममा पनि लगातार हिउँ परिरहँदा मानविय जनजीवनमा चिसोले कष्टकर बनेको छ । रारामा एक फिट भन्दा बढी हिउँ जमेको छ, साथै खत्याड गाउँका लमेरा कोटील्ला, कवा चाकपाडेमा पनि हिमपात भएको छ ।

हिमपातका कारण स्थानिय वासीलाई एक ठाउँ वाट अर्कोे स्थानमा आवत जावत गर्न कठिनाई भइरहेको छ । पशुचौपायालाई चरीचरन गर्न पनि कठिनाई भएको छ । स्थानियलाई एक स्थानबाट अर्को ठाउँ जान कठिनाईले स्थानियको दैनिकीलाई असर पारेको छ । साथै हिमपातले घर भन्दा बाहिर निस्कीन कठिन भएको कार्मारोङ्ग गाउँपालिका ६ नं वडा अध्यक्ष कार्माफुञ्चोक लामाले बताए ।

हिमपातले नाङ्गम सिजा गोठीजिउला खण्डको गमगढी सडक खुलेको एक हप्ता नपुग्दै पुनः अवरुद्ध हुँदा सुर्खेत, नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढीतिर आउँदै गरेका मालवाहक गाडी घुच्ची लेकमा सडक अवरुद्धका कारण जुम्ला र मुगुको सिमानाको घुच्ची लेकमा गाडी थन्किएका छन् ।

मुगुका लागि नेपालगञ्जबाट गरिने सबै नियमित हवाई उडान पनि अवरुद्ध भएको नागरिक उड्यन कार्यलय नेपागञ्जका अनुसार सबै उडान हुन नसकेको बताइएको छ । पैदल यात्रीसहित घुच्ची लेक काट्न नसक्दा बाटोमै अलपत्र रहेका छन् । अर्को तिर किसानले छरेको गहुँ,जौ पनि रामो संग नउम्रिदा हिउदे वाली विग्रिएका कारण हिमपात पछि वाली सप्रिने भन्दै स्थानिय किसान भने खुसी भएका छन् ।

The post मुगुमा पाँचौ पटक हिमपात, जनजीवन कष्टकर appeared first on Rajdhani Daily News.

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको अन्तिम तयारीमा, एरो थाईले परिक्षण उडान गर्दै

Previous articleशिवरात्रि मनाउन सहयोग उठाइरहेका बालकको बसको ठक्करबाट मृत्यु
Next articleविकासको मूलआधार नै धर्म र संस्कृति हो : मुख्यमन्त्री पौडेल