दैलेखमा चट्याङ लागेर एकजना घाइते

0
45

दैलेख । शुक्रबार बिहान ११ बजे चट्याङ लागेर एक जना महिला घाइते भएकी छन् । घाइते हुनेमा जिल्ला सदरमुकाम नारायण नगरपालिका –१ भगवतीटोलकी ५० बर्षीया लुरी सार्की हुन् ।

घर नजिकै बकाइनोको रुखमा परेको चट्याङको झिल्को लागेर सार्की भुईंमा ढलेभएपछि स्थानीयको सहायताले जिल्ला अस्पताल पु¥याएको घाइतेका छोरा नारायण विसुन्केले बताए ।

घाइते लुरीको मुटुको चालमा समस्या देखिएको र उपचार चलिरहेको दैलेख जिल्ला अस्पतालका इञ्चार्ज डा. निरञ्जन पन्तले जानकारी दिए । बाहिरी घाउ नदेखिए पनि करेण्टले असर गरेको डा. पन्तले बताए ।

दैलेखको नारायण नगरपालिका–१ भगवतीटोल, वडा नं.–३ खुर्सानीबारी, महाबु गाउँपालिका–६ लामिडाँडा र ठाँटीकाँध गाउँपालिका –६ लामामेला क्षेत्रमा अधिक चट्याङ पर्ने गरेको छ ।

शुक्रबार बिवहान चट्याङ लागेर घाइते भएकी दैलेखको नारायण नगरपालिका –१ की ५० बर्षीया लुरी सार्की ।

The post दैलेखमा चट्याङ लागेर एकजना घाइते appeared first on Rajdhani Daily News.

रत्ननगर प्रहरीलाई ठूलो सफलता; च्यावनप्रासको बट्टाभित्र प्याक गरिएको झण्डै २ क्विन्टल चरेस बरामद

Previous articleशिवरात्रि मनाउन सहयोग उठाइरहेका बालकको बसको ठक्करबाट मृत्यु
Next articleविकासको मूलआधार नै धर्म र संस्कृति हो : मुख्यमन्त्री पौडेल