Home Uncategorized रत्ननगर प्रहरीलाई ठूलो सफलता; च्यावनप्रासको बट्टाभित्र प्याक गरिएको झण्डै २ क्विन्टल चरेस...

रत्ननगर प्रहरीलाई ठूलो सफलता; च्यावनप्रासको बट्टाभित्र प्याक गरिएको झण्डै २ क्विन्टल चरेस बरामद

 

रत्ननगर प्रहरीलाई ठूलो सफलता; च्यावनप्रासको बट्टाभित्र प्याक गरिएको झण्डै २ क्विन्टल चरेस बरामद

चितवन । प्रहरीले पूर्वी चितवनको रत्ननगर–३, शान्तिचोकमा प्रहरीले झण्डै २ क्विन्टल चरेस बरामद गरेको छ । शान्तीचोकमा रहेको एउटै घरबाट प्रहरीले एक क्वीन्टल चौरासी किलो तीन सय पचास  ग्राम अबैध ला’गु औषध चरेश बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्र वहादुर रानाका अनुसार रत्ननगर नगरपालिका वडा नं. ३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लु’काइराखेको १ क्वीन्टल ८४ किलो ३५० ग्राम चरेश प्रहरीले बरामद गरेको हो । रानाका अनुसार कसैले नचिनोस् भनेर च्यावनप्रासको बट्टामा शिल गरेर चरेश प्याक गरीएको अबस्थामा फेला पारिएको हो ।

उनले रत्ननगर वडा नं. १५ माधवपुरमा बस्ने उद्धव अधिकारीले स्थानीयवासी विष्णु पन्तको घरलाई गोदामका रुपमा प्रयोग गर्दै उक्त लागु औषध भण्डारण गरेर राखेको पाइएको जानकारी दिए ।

सो गोदाममा १९२ वटा बट्टामा ३२ वटा कार्टुनमा प्याकेजिङ गरेर राखेको अवस्थामा चरेश भेटिएको रानाको भनाई छ । उनले सोही चरेश कारोबारमा संलग्न रहेको आशं’कामा तीन जनालाई पक्राउ गरिएको पनि जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/16340

Previous articleखाडीको यो मुलुकले गर्यो नेपाललाई कोभिड संक्रमणको खतराको सूचीबाट हटाउने निर्णय
Next articleग्राफिकको फेस्टिवल अफर बिजेता पुरुस्कार केस्ली ग्रुप प्रा.लि. लाई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।