चितवनमा रुखबाट लडेर एकजनाको ज्यान गयो।

चितवन । चितवनको कालिका नगरपालिकामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

कालिका नगरपालिका ८ चिसापानीका ४५ बर्षिय लालजंग गुरुङको शुक्रबार रुखबाट लडेर मृत्यु भएको हो ।

गुरुङको उदयपुर सामुदायिक वनमा सालको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

Previous article“अर्को जुनी” लिएर यही सोमबार आउदै सन्तोष
Next articleभरतपुरमा ‘एक्सपर्ट युएसए–क्यानडा हाइयर एडु कन्क्लेभ’ हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।