चितवनको खोलेसिमलमा पेस्ताेल देखाएर सुनचाँदी पसल लुटपाट

रत्ननगर, असार १ । पूर्वी चितवनको कालिका नगरपालिकामा हतियार देखाएर सुनचाँदी पसलमा लुटपाट भएको छ ।

कालिका- ६ खोलेसिमलमा सुनचाँदी पसलमा आज साँझ लुटपाट भएको हो ।खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसलमा राति ८: ४० वजे वजे हतियार सहित २ जनाको समूहले पेस्तोल देखाएर लुटपाट गरेको बताइएको छ ।

पसलको सटर लगाउने क्रममा मौका छोपेर कामदारहरुलाई भित्रै थुनी पेस्तोल देखाएर सो समूहले सुनका गरगहना लुटपाट गरेको प्रहरी स्रोतले बताएको छ । लुटेरा समूहले सुन पसलमा जडान गरिएको सिसिटिभिको डिस नै खोलेर लगेको प्रहरीले जनाएको छ ।

घटनास्थालमा अहिले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारी नेतृत्वको प्रहरी टोली पुगेको छ । लुटेराहरुले कति तोला गरगहना लगे भन्ने कुरा यकिन भैसेको छैन ।

Previous articleसोमबार सार्वजनिक बिदा
Next articleप्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।