भारतको मेघालयमा ४ नेपालीको विभत्स हत्या

 

काठमाडौं, असार २२- भारतको मेघालयमा ४ नेपालीको हत्या भएको छ । उनीहरुको विभत्स ढंगले हत्या भएको भारतीय सञ्चारमाध्यमहरुले शनिबार जनाएका छन् ।

मेघालयको कोइलाखानीमा काम गर्ने गएका उनीहरुको हत्या भएको र मृतकको हातखुट्टा समेत बाँधिएको अवस्थामा शव फेला परेको समाचारमा उल्लेख छ । भारतीय प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन ।

मेघालयको पूर्वी जैन्तिया हिल्सस्थित उम्प्लेङ बजार पछाडि चार शव फेला परेको थियो भने घटनाको जानकारी लगत्तै स्थानीय प्रहरीले अनुसन्धान सुरु गरेको छ । हाल, शवहरू स्थानीय अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ ।

मारिने ४ जना ईलाम, धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ ।

Previous articleनारायणी नदीमा पानीको सतहले उच्च,गैडाकोट क्षेत्रका केही टहराहरुमा बाढी पस्यो
Next articleपुलमा साईकल राखेर एकजना नारायणीमा हामफाले
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।