चुनाव छल्दै सिंगापुर उडे देउवा

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् ।

देउवा बुधबार राति ११ः३० को सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेको विमानस्थल सुरक्षास्रोतले जनाएको छ ।

देउवा बुधबार राति साढे १० बजे अन्तर्राष्ट्रिय टर्मिनल तर्फको स्टेरलाइज एरिया (विमान प्रतीक्षा कक्ष) मा देखिनुभएको थियो,’ स्रोतले भन्यो, ‘अरु २–३ जना पनि साथमै देखिन्थे ।’

यसअघि नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहबहादुर देउवाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा मतदानसमेत नगर्ने समाचार आएको थियो ।

Previous articleबैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते
Next articleजेनजी आन्दोलनबारे बीबीसीको खुलासा : फिल्डबाट गोली चलाउन अनुमति मागेपछि खापुङले भनेका थिए- ‘कर्फ्यू लागिसक्यो, आदेश माग्नुपर्दैन’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।