भक्तपुरमा साग पदक विजेता खेलाडी सम्मानित

भक्तपुर । भक्तपुरमा साग पदक विजेता सम्मानित भएका छन् । भक्तपुरबाट साग खेलमा सहभागी भई पदक विजयी खेलाडीलाई संवाहक मिडिया हाउस र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ भक्तपुरले ताम्रपत्र सहित सम्मान गरेको हो । भक्तपुरमा आयोजित कार्यक्रममा सागमा पदक विजेता ११ जना खेलाडी दुई प्रशिक्षक, एक ब्यवस्थापक सहित ३९ निर्णायकलाई सम्मान गरिएको हो ।

साग खेलमा दुई स्वर्ण सहित कराँतेबाट प्रतिनिधित्व गर्ने मण्डेकाजी श्रेष्ठ , उसुमा स्वर्ण विजेता सुस्मिता तामाङ, यस्तै तेक्वान्दोमा स्वर्ण विजेता काजोल श्रेष्ठ , यस्तै टेवलटेनिसमा रजत विजेता शिव शुन्दर गोठे, ह्याडबलकी देवकुमारी बास्कोटा कबड्डीबाट विजेता इन्दिरा गिरी रहेकाछन् । यस्तैगरी, रजत पदक विजेता खेलाडीहरुमा भारोत्तोलनबाट लक्ष्मी वन, जुडोबाट श्रीराम कामजु, बास्केटबलबाट विकल जोशी, तेक्वाडोबाट ज्ञानेन्द्र हमाल र खो खो खेलबाट कास्य पदक विजेता श्याम बुढाथोकीलाई सम्मान गरिएको थियो ।

यस्तै सम्मान कार्यक्रममा प्रशिक्षकहरु राधिका देउला र मोहन प्रसाद बासुकला र ब्यवस्थापक सुन्दर प्रजापतिलाई पनि सम्मान गरिएको थियो । यस्त,ै विभिन्न खेलहरुमा प्रशिक्षकको भूमिका निभाएका ३९ निर्णायकहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व उद्योग मन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सम्मान गरेका थिए ।

नेपालले विश्व विजय गर्न खेलबाट मात्र संभव : बस्नेत

खेलाडी सम्मान कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतले नेपालीले विश्व विजय गर्ने भनेको खेलकुदबाट मात्र संभव भएको बताए । उनले खेलको विकास भक्तपुरबाट नै गर्नु पर्ने बताउँदै हरेक खेलको विकासका लागि पूर्वाधार निर्माणमा आफू दिलो ज्यान भएर लागि पर्ने बताएका थिए ।
उनले हरेक खेलको जिल्लाभर कवर्ड हल बनाउनु पर्ने बताउँदै एक खेल एक विद्यालयको अभियान ल्याउँदै सक्षम एवं सवल खेलाडी उत्पादन गर्नु हाम्रो दाहित्व भएको बताएका थिए ।
सम्मानित खेलाडीहरुलाई सम्मान गर्दै उनले सागमा विजेता खेलाडीहरुको रोकिएको रकम यथा सिग्र दिलाउन आफू अर्थ मन्त्रालयमा पहल गर्ने समेत बताए ।

यस्तै कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्वर ८का वडा अध्यक्ष एवं खेलकुद समितिका संयोजक किरण थापाले भक्तपुरको खेलकुद विकासमा योगदान पुञ्याउँदै आएको संवाहक मिडिया हाउस र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ भक्तपुरको प्रशंसा गरेका थिए । उनले खेलको विकासलागी सूर्यविनायक नगरपालिकाले पनि विभिन्न कार्यक्रमहरु ल्याउन लागेको समेत जानकारी गराएका थिए ।

यस्तै कार्यक्रममा भक्तपुर साँगीतिक समाजका अध्यक्ष प्रविण शाही, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका केन्द्रिय अध्यक्ष दिपक श्रेष्ठ, पत्रकार महासंघका संस्थापक सभापति रमेश खड्का, भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले सम्मानित खेलाडीहरुलाई बधाई दिदै खेलकुद र मिडिया सँगै सँगै भएमात्र यसको विकास हुन सक्ने बताएका थिए ।

कार्यक्रमको सभापतित्व करातेका अन्तराष्ट्रिय प्रशिक्षक रामशरण त्वातीले गरेका थिए भने कार्यक्रममा संवाहक मिडिया हाउसका सञ्जीब दुलाल, पञ्चकन्या डोजोका गणेश सुकमनी, पत्रकार महासंघ भक्तपुरका पूर्व सभापति विकल श्रेष्ठ, भक्तपुर खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वा, उद्योग वाणिज्य संघका सदस्य राजेश त्वानावासु, नेपाल कराते महासंघ महिला विभाग प्रमुख राधिका देउला , समाजसेवी विज्ञान राई , भक्तपुर साँगितिक समाजका कोषाध्यक्ष अल्वर्ट बज्राचार्य, जम्वुलिङ तामाङ समाजका अध्यक्ष विशाल योञ्जन, बज्र शक्ती एकता समाजका अध्यक्ष विर वहादुर घिसिङ, समाजसेवी एवं युवा ब्यवसायी विज्ञान राई, भक्तपुर जिल्ला खेलकुदाका सदस्यहरु तथा विभिन्न खेलका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

खेलाडी सुरक्षाका लागि कोषको स्थापना

१३ औं साग खेलकुदमा पदक विजेता खेलाडी सम्मान कार्यक्रममा संवाह मिडिया हाउस र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ भक्तपुरले खेलाडी सुरक्षाका लागि कोषको स्थापना गरेको थियो । कोषमा पहिलो सहयोगीका रुपमा उधुम लामाले रु दश हजार प्रदान गर्दै कोषलाई पहिलो सहयोग गरेका थिए । खेलाडीहरुको हक हितका लागि स्थापना गरिएको उत्त कोषमा सहयोग गर्नुहुने उनलाई कार्यक्रमका प्रमुख अतिथि महेश बस्नेतले सम्मान गरेका थिए ।

The post भक्तपुरमा साग पदक विजेता खेलाडी सम्मानित appeared first on Rajdhani Daily News.

साउदी अरबका राजाका भाई र भतिजासहित राजपरिवारका तीन वरिष्ठ सदस्य गिरफ्तार

Previous articleठाडोभाका गीतका सर्जक दुराको जन्मघरमा संग्रहालय
Next articleअखिलका पूर्वनेता इन्द्रहाङले बलात्कार गरेको ठहरिएनः फरेन्सिक रिपोर्ट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।