अखिलका पूर्वनेता इन्द्रहाङले बलात्कार गरेको ठहरिएनः फरेन्सिक रिपोर्ट

बलात्कार मुद्दामा समातिएका अनेरास्ववियूका पूर्वकेन्द्रीय सदस्य इन्द्रहाङ राईले युवतीलाई बलात्कार गरेको हो भनेर ठहर्‍याउन नसकिने फरेन्सिक रिपोर्टले देखाएको छ।

सो रिपोर्ट विधि विज्ञान प्रयोगशालाले अदालतलाई बुझाएको छ।

एक विद्यार्थीलाई देउसी खेल्न बोलाई बलात्कार गरेको अभियोगमा राई पुर्पक्षका लागि थुनामा छन्। काठमाडौँ जिल्ला अदालतमा सो मुद्दाको सुनुवाइ भइरहेको छ।

प्रहरीले वीर्यसहितको तन्ना, राई र पीडित युवतीको वस्त्र, भेजाइनल स्वाबसमेत परीक्षणमा पठाएको थियो। तर, राईको वीर्य संकलित कपडा तथा पीडितको गुप्तांगमा फेला नपरेको रिपोर्टमा उल्लेख छ।

तर, अदालतले फरेन्सिक रिपोर्ट नमिले पनि बलात्कार मुद्दामा दोषी ठहर गरेको नजिर छन्।

सेल्फी खिच्ने क्रममा तमोर नदीले बगाउँदा युवक बेपत्ता

Previous articleभक्तपुरमा साग पदक विजेता खेलाडी सम्मानित
Next articleभ्रष्टाचारीलाई कारवाही गर्न नेविसंघको माग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।