बाढीमा ज्यान गुमाएका ३ किशोरीको सामूहिक अन्त्येष्टि, शोकमा डुब्यो पुनर्वास

0
342

कन्चनपुर । बाढीमा ज्यान गुमाएका कन्चनपुर नगरपालिकाका तीन किशोरीको सामूहिक दाहसंस्कार गरिएको छ ।

आज तीनै जनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका–५ का वडा अध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिए ।

हिजो दिउँसो पुनर्वास नगरपालिका–५ गाउँका १६ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १३ वर्षीया आरती बोगटीको रातोखालीमा डुबानमा परेर निधन भएको थियो ।

दाहसंस्कारमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी पनि सहभागी थिए ।

मुख्यमन्त्री सोडारीले पीडित परिवारलाई क्षतिपूर्तिस्वरुप प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Previous articleनारायणी नदी किनारमा ३ वटा शव फेला
Next articleभरतपुर अस्पतालमा एमआरआई सेवा सुरु