टिकटक प्रतिबन्ध खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले टिकटक खुलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको एकजना मन्त्रीले जानकारी दिएका छन् ।

त्यस्तै, टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको उनले बताए ।

गत वर्ष कात्तिकदेखि तत्कालीन सरकारले सामाजिक विकृति बढेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यद्यपी, भीपीनलगायतबाट टिकटक भने चलिराखेको थियो ।

Previous articleसंस्थागत क्षमता मुल्याङकन : रत्ननगर देशभरमै तेस्रो, प्रदेशमा दोस्रो
Next articleमुग्लिङ–नारायणगढ सडकमा अर्को दुर्घटना; सडक छेउको बारले छेकेर त्रिशूलीमा खस्नबाट जोगियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।