भरतपुरमा ड्रीम्स कलेज संचालनमा, एक करोड बराबरको छात्रवृत्ति घोषणा

Click Image

भरतपुर,भदौ २२ – चितवनको भरतपुर-१० हाकिम चोक स्थित टि आर कम्प्लेक्समा अत्याधुनिक सुविधा सहितको ड्रीम्स कलेज संचालनमा आएको छ।

सुदुर पश्चिमान्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज भरतपुरको हाकिमचोक स्थित टिआर कम्लेक्समा यस बर्षदेखि सञ्चालनमा आएको हो ।

कलेजले यस बर्षदेखि स्नातक तहमा बीएससी सीएसआईटी संकायको कार्यक्रम अध्यापन गराउने कलेजका प्रीन्सिपल ई.दिवस मैनालीले बताए ।

कलेजले व्यवहारिक,सैद्धान्तिक तथा विश्वव्यापिकरणका लागि चाहिने आधारभूत शिक्षा प्रणालीलाई जोड दिँदै कक्षा संचालन गर्न लागेको उनले बताए ।

सो संकायको कार्यक्रमबाट विद्यार्थीहरुलाई पूर्ण रुपमा योग्य,सक्षम र सफल बनाउने विश्वास कलेजले लिएको कलेजका प्रिन्सिपल मैनालीले बताए।

उनका अनुसार कलेजमा विद्यार्थी अनुकुल वातावरणमा अध्यापन गराइने छ । कलेजले सो संकायमा ४२ जना विद्यार्थी भर्ना गर्न पाउनेगरी सम्बन्धन प्राप्त गरेको छ ।

कलेजको प्रवेश परीक्षा यहि भाद्र ३० गते संचालन हुने छ भने सो संकायमा अध्ययन गर्ने विद्यार्थीले भाद्र २८ गते सम्म आवेदन दिईसक्नुपर्नेछ ।

कक्षा १२ मा विज्ञान बिषय लिएर कम्तिमा `सि´ ग्रेड वा ५० प्रतिशत अंक सहित उतिर्ण भएका विद्यार्थीले मात्रै सो कार्यक्रममा भाग लिन पाउने प्रीन्सिपल मैनालीले बताए ।

चितवन र नवलपुरका विद्यार्थीलाई लक्षित गर्दै संचालन गरिएको यस कलेजले सुविधायुक्त यातायातको समेत व्यवस्था गरेको छ।

यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पहिलो बर्ष १ करोड बराबरको छात्रबृत्ति प्रदान गर्ने कलेजले बताएको छ।

सो कलेज स्थापना सँगै आईटी अध्ययनको लागी उत्कृष्ट कलेज खोज्दै काठमाण्डौं जानुपर्ने बाध्यता अन्त्य भएको विश्वास कलेजको रहेको छ ।

कलेजमा दुई दशक लामो अनुभवी तथा ख्याती प्राप्त प्राध्यापक द्वारा शिक्षण हुने प्रिन्सिपल मैनालीले बताए।

यो कार्यक्रमले कम्प्युटर विज्ञान र सूचना प्रविधिमा स्नातक स्तरको अध्ययनको मौका प्रदान गर्ने भएकाले पनि विद्यार्थीहरूबीच लोकप्रिय हुँदै गएको प्रीन्सिपल मैनाली बताउँछन्।

बीएससीसीएसआईटी कार्यक्रमले कम्प्युटर प्रोग्रामिङ, वेब डिजाइन, डेटा संरचना, अल्गोरिदम, सफ्टवेयर इञ्जिनियरिङ, नेटवर्किङ, डाटाबेस म्यानेजमेन्ट, आर्टिफिसियल ईन्टिलिजेन्स , साइबर सेक्युरिटी, र क्लाउड कम्प्युटिङ जस्ता क्षेत्रहरूमा केन्द्रित शिक्षा प्रदान गर्दछ।

कुल चार वर्षको अवधिमा ८ सेमेस्टरमा बाँडिएको यो कार्यक्रमले सैद्धान्तिक तथा प्रयोगात्मक दुवै ज्ञान प्रदान गर्दछ।

बीएससीसीएसआईटी उतिर्ण विद्यार्थीहरूलाई विभिन्न आईटी कम्पनीहरू, सरकारी तथा गैरसरकारी संस्थाहरू, बैंक तथा वित्तीय संस्थाहरूमा सफ्टवेयर विकासकर्ता, नेटवर्क प्रशासक, डाटाबेस व्यवस्थापक, सिष्टम एनालिष्ट, र साइबर सुरक्षासँग सम्बन्धित विभिन्न भूमिकामा रोजगारीको अवसर मिल्नेछ।

यस कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नै सफ्टवेयर कम्पनी, स्टार्टअप, वा फ्रिलान्सिङको अवसरलाई समेत ख्यालमा राख्दै ज्ञान प्रदान गर्दछ।

बीएससीसीएसआईटी पास गरेका विद्यार्थीहरूका लागि उच्च शिक्षाका लागि विदेश जानका साथै अन्तर्राष्ट्रिय स्तरमा रोजगारीका अवसरहरू पनि प्रशस्त छन्।

विश्वविद्यालयले अनुसन्धान र विकासको लागि पनि प्रोत्साहन प्रदान गर्दछ जसले विद्यार्थीहरूलाई नयाँ प्रविधिहरूमा आविष्कार गर्न प्रेरित गर्दछ।

बीएससीसीएसआईटी कार्यक्रमले विद्यार्थीहरूलाई सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट करियर निर्माण गर्ने अवसर दिन्छ।

सूचना प्रविधिको क्षेत्रमा उज्ज्वल भविष्य खोजिरहेका विद्यार्थीहरूका लागि बीएससीसीएसआईटी (B.Sc.CSIT) कार्यक्रम महत्वपूर्ण विकल्प बन्दै गएको छ।

ड्रीम्स कलेजले पाठ्यक्रमलाई अद्यावधिक गर्दै औद्योगिक आवश्यकताहरू अनुरूप तयार पारेको छ जसले विद्यार्थीहरूलाई उद्योगमा प्रत्यक्ष काम गर्न सक्षम बनाउँने प्रीन्सिपल मैनाली बताउँछन्।

यस संकायमा अनुसन्धान सम्बन्धी विषयहरू र नयाँ प्रविधिहरू जस्तै डेटा साइन्स, ब्लकचेन, मेसिन लर्निङ, बिग डाटा एनालिटिक्स, इन्टरनेट अफ थिंग्स (IoT), र क्लाउड कम्प्युटिङजस्ता ट्रेन्डिङ विषयहरू समावेश छन्।

कलेजले विद्यार्थीहरूलाई अनुसन्धानको लागि विशेष प्रोजेक्टहरू र औद्योगिक सहयोगमा आधारित पाठ्यक्रमहरू पनि प्रदान गर्ने प्रीन्सिपल मैनाली बताउँछन्। जसले उनीहरूलाई वास्तविक संसारका समस्या समाधान गर्न सक्षम बनाउँछ।

साथै, वैकल्पिक विषयहरूमा विद्यार्थीहरूको रुचि अनुसार विभिन्न ट्रेन्डिङ कोर्सहरू प्रदान गर्दै विद्यार्थीहरुको सीपलाई अझ फराकिलो बनाउन कलेज सदैव तयार रहेको उनले बताए।

सो कलेजले विद्यार्थीहरूलाई विभिन्न औद्योगिक कोर्सहरूमा निःशुल्क तालिम प्रदान गर्दै उनिहरुको व्यावहारिक ज्ञान र सीप विकास गर्न सहयोग पुर्याउने,इन्टर्नशिपकाअवसरहरू प्रदान गर्नका साथै विभिन्न प्रतिष्ठित कम्पनीहरूसँग सहकार्य गरेर प्लेसमेन्ट सहयोग समेत प्रदान गर्ने उनले बताए ।

अत्याधुनिक र अन्तर्राष्ट्रिय मापदण्डका कम्प्युटर ल्याबहरू रहेको सो कलेजले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञानलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्याएको छ ।

कलेजमा सूचना प्रविधि क्षेत्रका अनुभवी र दक्ष शिक्षकहरू छन् जसले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दछन्।

बीएससीसीएसआईटी उतिर्ण विद्यार्थीहरूलाई आईटी कम्पनीहरू, सरकारी तथा गैरसरकारी संस्थाहरू, बैंकहरू, र अन्य संस्थाहरूमा सफ्टवेयर विकासकर्ता, नेटवर्क प्रशासक, डाटाबेस व्यवस्थापक, प्रणाली विश्लेषक, र साइबर सुरक्षासँग सम्बन्धित विभिन्न भूमिकामा रोजगारीको अवसर मिल्नेछ।

कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नै सफ्टवेयर कम्पनी, स्टार्टअप, वा फ्रिलान्सिङको अवसरलाई समेत ख्यालमा राख्दै ज्ञान प्रदान गर्दछ।

बीएससीसीएसआईटी पास गरेका विद्यार्थीहरूका लागि उच्च शिक्षाका लागि विदेश जानका साथै अन्तर्राष्ट्रिय स्तरमा रोजगारीका अवसरहरू पनि प्रशस्त छन्।

बीएससीसीएसआईटी कार्यक्रमले विद्यार्थीहरूलाई सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट करियर निर्माण गर्ने अवसर दिन्छ।
निःशुल्क औद्योगिक कोर्सहरू, इन्टर्नशिप र प्लेसमेन्ट सहयोग, उच्चस्तरीय ल्याब, गेष्ट लेक्चर, र अनुभवी शिक्षकहरूको सहयोगमा, यस कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक यात्रा अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।

अद्यावधिक र औद्योगिक केन्द्रित पाठ्यक्रमले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न मद्दत पुर्याउने प्रीन्सिपल मैनालीले बताए।

Previous articleदुर्घटना अपडेट : बसको ठक्करबाट गैँडाकोटमा हजुरआमा र नातीको मृत्यु
Next articleएक्सपर्ट एजुकेसन चितवनलाई पठन संस्कार अभियन्ता सम्मान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।