दुर्घटना अपडेट : बसको ठक्करबाट गैँडाकोटमा हजुरआमा र नातीको मृत्यु

गैँडाकोट – पूर्वी नवलपरासीको गैँडाकोटमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

गैँडाकोट नगरपालिका वडा नं. १० भैसाखोरी स्थित राजमार्गमा बसको ठक्करबाट गैँडाकोट ११ घर भएका पुष्पराज श्रेष्ठका ७ वर्षका छोरा बिशाल श्रेष्ठ र उनकी हजुरआमा ५५ बर्षीया श्रीमाया मानन्धरको मृत्यु भएको हो ।

आज राति ९ वजे गैँडाकोट नगरपालिका वडा नं.१० नारायणगढबाट कावासोती जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसको ठक्करबाट श्रेष्ठ र मानन्धरको ज्यान गएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट बालक बिशालको घटनास्थलमै र हजुरआमा श्रीमायाको चितवनको पुरानो मेडिकल कलेजमा राति १०ः२४ बजे मृत्यु भएको अस्पताल स्रोतले उज्यालोलाई जनाएको छ ।

दुर्घटना लगत्तै बस र त्यसका चालकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

Previous articleदोस्रो तीज विशेष आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणाको अन्तिम तयारीमा एटुजेड समाचार
Next articleभरतपुरमा ड्रीम्स कलेज संचालनमा, एक करोड बराबरको छात्रवृत्ति घोषणा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।