शान्तिचोकमा भएको दुर्घटनामा माधवपुरको युवाको ज्यान गयो

Click Image

उज्यालो दर्पण, भदौ २४- पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ शान्ति चोकमा गएराति भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा रत्ननगर१५ माधवपुर निवासी ३४ वर्षिय जीवन माग्राती छन्।  राती  झण्डै २ः१० बजेको समयमा कन्टेनर ट्रक  र मग्राती सवार मोटरसाइकल आपसमा ठोक्किँदा उनको ज्यान गएको हो ।

वीरगञ्जबाट कुखुराको दाना बोकेर भरतपुरतर्फ  गईरहेको ना ८ ख २८१८ नम्बरको कन्टेनर र विपरित दिशाबाट गई रहेको बागमती प्रदेश ०६–००३ प ४८५१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खांदा मग्राती गम्भिर घाइते भएका थिए ।

उनको बकुलहर टाँडी अस्पतालमा उपचारको क्रममा गएराति २ः४२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीले कन्टेनर र कन्टेनर चालक बारा गडीमाई नगरपालिका–५ बस्ने वर्ष ३६ को श्याम सुन्दर सहनीलाई नियन्त्रणमा लिएको छ ।

Previous articleएक्सपर्ट एजुकेसन चितवनलाई पठन संस्कार अभियन्ता सम्मान
Next articleरत्ननगरमा दोस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।