
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा शनिबार दिउँसो बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।
दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको ग१ख ९६१८ नंको बसले ठक्कर दिँदा सोही बसमा सवार अन्दाजी ६५ वर्षीया महिलाको मृत्यु भएको हो।
मृतक महिलाको नामथर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। सोही बसमा सवार रहेकी महिला ओर्लिएपछि बसको पाङ्ग्राले किचेको थियो।
घाइते महिलाको दमौली अस्पतालमा उपचार गर्न लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। बस र चालक प्रहरी नियन्त्रणमा छन्। रासस


