
महाकाली नगरपालिका–१ की एक सुत्केरीको हवाई उद्धार गरिएको छ।
जिल्ला अस्पतालमा सुत्केरी भएकी ३२ वर्षीया कौसिला धामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
छ महिनामै बच्चाको जन्म दिएपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचारका लागि कोहलपुर सिफारिस गरिएको हो।
दार्चुलाका प्रजिअ यदुनाथ पौडेलको विशेष पहलमा सुत्केरीको उद्धार गरिएको छ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिलाको उद्धार गरिएको हो।
दोस्रो सन्तानका रूपमा धामीले ६ महिनामै बच्चा जन्माउकी हुन्। धामी महिला तथा बालबालिका कार्यालय नौगाडमा कार्यरत छन्। रासस
सिरियामा १७ सवारी एकैपटक ठोक्किँदा इराकीसहित ३२ जनाको मृत्यु


